दफा ८
अनुवादको परीक्षण सम्बन्धी व्यवस्था
ः
दफा ७ को खण्ड (च) मा उल्लेख भए बमोजिम
अनुवाद भएको कागजातको परीक्षण सम्बन्धी कार्य गराउँदा देहाय बमोजिम गर्नुपर्नेछ ः–
(क) आयोगले अनुवाद गराएका कागजातहरु आयोगको वेवसाइटमा अपलोड गर्नु अघि क्त अनुवादलाई अनुवाद सम्बन्धी विज्ञबाट परीक्षण गराउनु पर्नेछ ।
(ख) खण्ड (क) बमोजिम परीक्षण गराउने प्रयोजनको लागि आयोगले अनुवाद सम्बन्धी परिक्षकको रुपमा काम गर्न इच्छुक विज्ञहरुको सूची तयार गर्नेछ ।
(ग) दफा १ बमोजिम अनुवादकले पेश गरेको अनुवादित कागजात परीक्षणको लागि खण्ड (ख) बमोजिम सूचीकृत विज्ञहरुमध्ये कुनै विज्ञलाई दिन सक्नेछ ।
(घ) आफूलाई प्राप्त भएको अनुवादमा देखिएका त्रुटी र गल्तीहरु सच्याई सुधारका लागि आवश्यक सुझाव सहित उपलब्ध गराउनु विज्ञको दायित्व हुनेछ ।
(ङ) विज्ञको सुझाव सहित प्राप्त अनुवादित कागजात आयोगले पुन अनुवादकलाई दिनेछ र अनुवादकले विज्ञको सुझाव अनुसार पूर्व अनुवादकलाई सुधार गरी पेश गर्नुपर्नेछ । त्यसरी पेश गरेको अनुवादित कागजात पुन विज्ञ समक्ष पेश गरिनेछ रछ त्यसलाई अन्तिम रुप दिई विज्ञले स्वीकृत गरेपछि मात्र वेवसाइटमा प्रकाशन (अपलोड) का लागि अनुमति दिइनेछ ।
(च) अनुवाद परीक्षण सम्बन्धी काम गर्ने क्रममा कुनै अनुवादकको सम्बन्धमा परीक्षण गर्ने विज्ञलाई लागेको कुनै विशेष सुझाव परीक्षण सम्बन्धी विज्ञले अनुवादक र आयोगलाई उपलब्ध गराउनु पर्नेछ । यस्तो सुझाव उपलब्ध गराउनु निजको कर्तव्य हुनेछ ।
(छ) परीक्षकको सुझावमा अनुवादमा अत्यधिक त्रुटी गर्ने अनुवादकलाई आयोगले सूचीबाट हटाउने सम्बन्धमा विचार गर्न सक्नेछ ।